सेयर बजारमा दाेहोरो अंककाे गिरावट, कारोबार रकम पनि निरन्तर घट्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दाेहोरो अंककाे गिरावट, कारोबार रकम पनि निरन्तर घट्दै



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार २९.७१ अंकले घटेर परिसूचक २०५४.२९ को बिन्दुमा झरेको हो। आज नेप्सेमा कारोबार भएका २७१ कम्पनीको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बढीको भएको छ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा सबै समूहको उपसूचक राताम्मे बनेको छ । कारोबारमा आज शिवम सिमेन्टको सर्वाधिक १० करोड ५७ लाख ५९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्सेका अनुसार आज एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी कमाए छन् भने किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ११ श्रावण २०८०, बिहीबार १५:३४