कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गगरेको हो ।

क्यापिटलका अनुसार आईपिओआ कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको छ। जस मध्ये १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जस मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

यस कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल्लागत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ ।

प्रकाशित : 23 July, 2023 10:48 am