मौद्रिक नीतिले पुँजी बजारमा आशाको किरण जगाउँने छः अध्यक्ष हमाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक नीतिले पुँजी बजारमा आशाको किरण जगाउँने छः अध्यक्ष हमाल



काठमाडाैं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले पुँजी बजारमा आशाको किरण जगाउँछ भन्ने अपेक्षा रहेको बताए । नयाँ ब्रोकर क्यापिटल म्याक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत पुँजी बजारलाई सम्बोधन गर्ने अपेक्षा रहेको बताएका हुन् ।

‘पुँजी बजारको विकास र विस्तारको बारेमा गभर्नरसँग छलफल भएको छ’ उनले भने, ‘उहाँले हाम्रो कुरा सुन्नुभएको छ, अपेक्षा गरौं मौद्रिक नीतिमार्फत पुँजी बजारमा आशाको किरण छरिने छ ।’ उनले हाल सञ्चालनमा रहेका र अनुमती पाएका गरेर ब्रोकरको संख्या ९३ पुग्ने बताए ।

यस्तो प्रतिस्प्रर्धात्मक अवस्थामा ब्रोकरहरुले विश्वसनीय सेवा दिनुपर्ने उनले बताए । ‘जसले सेवामार्फत लगानीकर्ताको विश्वास जित्छ, उसैतर्फ लगानीकर्ता केन्द्रीत हुन्छन्’ उनले भने । साथै, नयाँ र हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई विश्वसनीय सेवा दिन उनले आग्रह गरे ।

प्रकाशित : 21 July, 2023 8:23 pm