साउन १४ गतेदेखि आइपीओ निष्काशन गर्दै मिड सोलु हाइड्रोपावर, क-कसले दिन पाउँछन आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साउन १४ गतेदेखि आइपीओ निष्काशन गर्दै मिड सोलु हाइड्रोपावर, क-कसले दिन पाउँछन आवेदन ?



काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि पहिलो चरणको आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आयोजना प्रभावित स्थानीयलाई ७ लाख ४८ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको हो। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई ७४ हजार ८ सय ४० कित्ता सेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन २८ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भने साउन २८ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

सेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार ११:४५