सेयर बजारमा सामान्य गिरावट, तीन अर्ब पाँच करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, तीन अर्ब पाँच करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज बजार १.३१ अंकले घटेर परिसूचक २१६२.४४ को विन्दुमा झरेको हो।

आज नेप्सेमा कारोबार भएका २६४ कम्पनीको ८४ लाख २४ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख १० हजार रुपैयाँ बढीको भएको छ। कारोबारमा आज शिवम् सिमेन्टको सर्वाधिक १४ करोड २३ लाख १७ हजार रुपैयाँ बढीको कारोबार भएको छ।

बजारमा सामान्य गिरावट आउँदा कारोबारमा बैंकिङ समूहको १.२५, विकास बैंक १०.९६, उत्पादन तथा प्रशोधन समूहमा ८२.०२, जलविद्युत २२.३८, ट्रेड्रिङ समूह १७७.६६ अंकले बढेको छ । साथै, वित्त १५.६९, होटल समूहको उपसूचक २१.४६, जीबन बीमा १२२.०६ माइक्रोफाइनान्स २५.२९, निर्जीबन बीमा समूहको उपसूचक १३२.०७ अन्य समूहको उपसूचक ७.५५ अंकले घटेको छ ।

आज विशाल बजार कम्पनी र लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमुल्य सकारान्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै सिटिजन्स म्युच्युअल फन्ड–२ र कुमारी इक्वीटी फण्डको सेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : 20 July, 2023 3:24 pm