सुन तस्करी प्रकरण: भन्सार जाँचपासको जिम्मा पाएका दुई कर्मचारी निलम्बन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन तस्करी प्रकरण: भन्सार जाँचपासको जिम्मा पाएका दुई कर्मचारी निलम्बन



काठमाडौं । भन्सार विभागले सुन तस्करी प्रकरणमा जोडिएको भन्दै २ जना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सार विभागले बुधबार विमानस्थल स्थित भन्सार जाँचपासको जिम्मा पाएका शाखा अधिकृत सन्तोष चन्द र नायवसुब्बा कुमार ढकाललाई निलम्बन गरेको हो ।

भन्सारबाट पास भएका सामग्रीमा सुन रहेको गोप्य सूचनाका आधारमा बुधबार विभागको टोलीले अनुसन्धान गर्दा करिब १ क्विन्टल सुन बरामद गरेको छ । सुन बरामद भएसँगै बुधबार बिहानको भन्सार जाँचपासको जिम्मा पाएका कर्मचारीलाई निगरानीमा राखिएको छ ।

बाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ ।

प्रकाशित : ४ श्रावण २०८०, बिहीबार १२:५९