एक क्विन्टलभन्दा बढी रहेको भनिएको सुन जोख्न आज राष्ट्र बैंक लगिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक क्विन्टलभन्दा बढी रहेको भनिएको सुन जोख्न आज राष्ट्र बैंक लगिने



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन जोखिने भएको छ । करिब एक क्विन्टलभन्दा बढी रहेको भनिएको सुन जोख्न आज राष्ट्र बैंक लगिने भएको हो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौँ आएको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।

यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।

प्रकाशित : 20 July, 2023 11:02 am