सेयर बजारको उकालो यात्रा कायमै, ३ अर्ब ३४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारको उकालो यात्रा कायमै, ३ अर्ब ३४ करोडको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ११.१७ अंकले बढेर परिसूचक २१६५.२४ को विन्दुमा उक्लिएको हो।

आज कारोबार भएका २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैंया बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी युनाइटेड अजोड इन्स्योरेन्सको २३ करोड ५७ लाख ४५ हजार रुपैंया भन्दा बढीकाे कारोबार भएको छ ।

आज बजार बढ्दा बैंकिङ समूह २९.६६, विकास बैंक समूहमा ४९.१५, उत्पादन तथा प्रशोधन समूहमा ६६.२०, म्युचुअल फन्ड समूहमा ०.२५ र ट्रेडिङ समूहकाे १२८.७८ अंकले बढोत्तरी भएको छ।

आज अन्य समूहकाे १५.११, वित्त समूह १८.६४, होटेल तथा पर्यटन समूहमा ३७.६५, जलविद्युत समूहमा १९.६८ लगानी समूहमा ०.२६, जीवन बीमा समूहमा ४८.७६, माइक्रोफइनान्स २०.८३, निर्जीवन बीमा समूहमा १.८९ अंकको गिरावट आएको छ। कारोबारमा आज बीपीडब्लु लघुवित्त वित्तिय संस्थाको सेयरमुल्यमा सकारान्मक सर्किट लागेको छ भने एनआइबिएल समृद्धि फण्ड-२ का लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार १५:५९