अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पायो स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पायो स्वीकृति



काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले अरुण भ्यालीलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीृकति दिएको हो ।

कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो । आयोगले कम्पनीले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो ।

अब नेपाल धितोपत्र बोर्डले अनुमति दियो भने कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर आउने छ । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ ।

प्रकाशित : २८ असार २०८०, बिहीबार १४:१३