हाथवे इन्भेष्टमेन्टकाे साउन ४ गतेदेखि आइपीओ आउँदै, प्रति कित्ता ५० रुपैयाँमा पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाथवे इन्भेष्टमेन्टकाे साउन ४ गतेदेखि आइपीओ आउँदै, प्रति कित्ता ५० रुपैयाँमा पाइने



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ प्रति कित्ता ५० रुपैयाँमा निष्काशन गर्ने यो पहिलो कम्पनी हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । २० कित्ताभन्दा बढीको आवेदन दिन चाहेमा २० अंकको गुणाङ्कको आधारमा दिनु पर्नेछ । सेयर बाँडफाँट गर्दा पनि न्युनतम २० कित्ता नै बाँडफाँड हुनेछ। सबै आवेदकलाई न्युनतम २० किता सेयर बाँडफाँड गर्न नपुग्ने भएमा गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । सेयर निष्काशनको लागि ग्लोबल आईएमई लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको सेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो सेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आइपीओ प्रतिकित्ता ५० रुपैयाँ मै आउने भएको हो । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीकाे चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्नेछ ।

प्रकाशित : २७ असार २०८०, बुधबार ११:४९