सेयर बजारमा ४.७३ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ४.७३ अंकको गिरावट



काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज बजार ४.७३ अंकले घटेर परिसूचक २०७२.२४ को विन्दुमा झरेको हो।

आज नेप्सेमा कारोबार भएका २८३ कम्पनीको ७९ लाख ८८ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम दुई अर्ब ८५ करोड ९४ लाख रुपैयाँ बढीको भएको छ। कारोबारमा आज हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बढीको कारोबार भएको छ।

बजारमा गिरावट आउँदा हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने लिवर्टी इनर्जी कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट लिमिटेडको सेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ ।

रावा इनर्जीका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने सिटी होटेल र हिमालयन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। आज सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जी लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मन्दाकीनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : २६ असार २०८०, मंगलवार १५:३८