७ नयाँ ब्रोकरले पाए ‘क्लियरिङ मेम्बर’ को अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

७ नयाँ ब्रोकरले पाए ‘क्लियरिङ मेम्बर’ को अनुमति



काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) ले ७ वटा नयाँ ब्रोकर कम्पनीलाई ‘क्लियरिङ मेम्बर’ अर्थात् राफसाफ सदस्यता प्रदान गरेको छ । सीडीएससीले असार २५ गते ब्रोकर कम्पनीहरूलाई राफसाफ सदस्यता प्रदान गरेको हो ।

नयाँ ब्रोकरहरुले गत असार २२ गते राफसाफ सदस्यताको लागि आवेदन दिएका थिए । क्लियरिङ मेम्बर पाउने कम्पनीहरुमा सन सेन्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६४), मियो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६६), हिमालयन ब्रोकरेज प्रा.लि. (ब्रोकर नम्बर ६३), सेयरप्रो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६५) रहेका छन् । त्यस्तै भोले गणेश सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६१), क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६२) र प्रोपर्टी विजार्ड प्रा.लि. (ब्रोकर नम्बर ६७) रहेका छन् ।

सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी ब्रोकरले असार मसान्त भित्र नै कारोबार गर्ने तयारी गरेका छन् ।

प्रकाशित : २६ असार २०८०, मंगलवार १२:०३