सेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार



काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज बजार ०.८० अंकले घटेर परिसूचक २०७५.०६ को विन्दुमा झरेको हो।

आज नेप्सेमा कारोबार भएका २९३ कम्पनीको एक करोड ११ लाख ८२ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बढीको भएको छ। कारोबारमा आज सोल्टी होटलको सर्वाधिक ३३ करोड १२ लाख ९० हजार रुपैयाँ बढीको कारोबार भएको छ।

बजारमा गिरावट आउँदा विकास बैंक ०.२१, विकास बैंक २.७८, होटेल तथा पर्यटन समूहमा १०३.६७, जलविद्युत समूहमा ३१.३८, जीवन बीमा समूह ९.७२, निर्जीवन बीमा समूह १९.८४ अंक घटेको छ । साथै, वित्त ५१.३४, उत्पादन तथा प्रशोधन समूहमा ५३.३९, माइक्रोफाइनान्स समूह ४३.८४, अन्य ३.३९ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज रावा इनर्जीका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने सिटी होटेल र हिमालयन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए।

प्रकाशित : २५ असार २०८०, सोमबार १५:३१