सेयर बजार २८.३८ अंकले बढ्याे, काराेबार रकम भने सकेन बढ्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार २८.३८ अंकले बढ्याे, काराेबार रकम भने सकेन बढ्न



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेको छ । आज बजार २८.३८ अंकले बढेर परिसूचक २०७७.७६ बिन्दुमा रोकिएको छ । २८७ कम्पनीको ८३ लाख ५२ हजार कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड २५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज १८ करोड ६० लाख ७२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बजारमा दोहोरो अंकले सुधार आउँदा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ८.१४ विकास बैंक ५९.३४, वित्त ३९.१०, होटल २६७.२९, जलविद्युत ०.१२, जीवन बीमा २१५.१२, निर्जीबन बीमाको २५८.१८, माइक्रोफाइनान्स ४०.५४ , अन्य समूहको उपसूचक ४१.३४ अंक र ट्रेड्रिङ समूहको १०३.९६ अंकले बढेको छ ।

कारोबारमा रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा काराेबार भएकाे छ । साथै, अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने सर्वाधिक घटेकाे छ ।

प्रकाशित : २४ असार २०८०, आईतवार १५:३६