सेयर बजारमा झिनो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंकको गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले ओरालो लागेको छ। आज बजार ०.०६ अंकले घटेर परिसूचक २०४९.३९ को विन्दुमा झरेको हो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेर ३८२.१६ को विन्दुमा ओर्लेको छ। साथै आज फ्लोट इन्डेक्समा भने ०.०९ अंकले बढेर १४१.८७ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका २८० कम्पनीको ९७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब सात करोड ७४ लाख ९८ हजार रुपैयाँ बढीको भएको छ। कारोबारमा आज शिवम सिमेन्टको सर्वाधिक १८ करोड ५६ लाख ४२ हजार रुपैयाँ बढीको कारोबार भएको छ।

बजारमा गिरावट आउँदा विकास बैंक ८.०५, होटेल तथा पर्यटन समूहमा ८०.५०,जलविद्युत समूहमा २१.७७, जीवन बीमा समूह १०.९४, उत्पादन तथा प्रशोधन समूहमा ३१.७८ अंकले बढेको छ भने निर्जीवन बीमा समूह २२.८८, माइक्रोफाइनान्स समूह ७.८९, बैंकिङ समूहको ३.६१ र वित्त १.४९ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज सिटी होटेल र रावा इनर्जीका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने मोदी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यस कम्पनीको सेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : २१ असार २०८०, बिहीबार १५:२४