सुर्तीजन्य पदार्थमा सबै भन्दा कम कर लगाउँने देशमा नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुर्तीजन्य पदार्थमा सबै भन्दा कम कर लगाउँने देशमा नेपाल



सुदुरपश्चिम । सुर्तीजन्य पदार्थको सेवनका कारण प्रति वर्ष २७ हजार १ सय ३७ जना भन्दा बढी नागरिकको मृत्यु हुनेगरेको छ । तर, सुर्तीजन्य पदार्थमा राज्यले कर भने ज्यादै न्युन लगाएका अधिकारीहरुले बताएका छन् । उनिहरुले करको दायरा बढाउँनुपर्नेमा जोड समेत दिएका छन् ।

स्वास्थ्य शिक्षा तथा सुचना केन्द्रका स्वास्थ्य प्रवर्धन तथा सुर्तीजन्य पदार्थ नियमनशाखा प्रमुख डा भक्तबहादुर केसीले नेपालमा करिब २७ हजार १ सय ३७ जनाको मृत्यु एक वर्षमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताए । पछिल्लो सन् २०१८ को अध्ययन अनुसार उक्त सङ्ख्यामा नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना साथै स्वास्थ्य लाइभ मिडियाको सहकार्यमा सुदुरपश्चिम प्रदेशमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक श्याम लम्सालले सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह हुन पुगेको बताए । उनले सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्यु नेपालको जम्मा मृत्युको १५ प्रतिशत भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युमा मुटु सम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसहरूको मृत्यु हुने गरेको छ । विश्वमा करिब ८० लाख मानिसहरूको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुने गरेको विभिन्न तथ्यांक छ ।

सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको महामारीबाट हरेक वर्ष मृत्यु हुने ८० लाख मध्ये करिव १२ लाख जतिले धुम्रपानले सेवन नगरेपनि अरुले गरेको धुम्रपानका धुवाँको असरबाट मृत्यु हुने गरेको प्राध्यापक श्याम लम्सालले बताए ।

विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउँन सिफारिस गरेको धेरै भएको छ । कर बढी लगाउँला धेरै कमले सेवन गर्ने अनुमानका आधारमा डब्लुएचओले कर ७५ प्रतिशत लगाउँन सिफारिस गरेको हो । तर, नेपालमा आधा भन्दा कम कर लगाइएको छ । सबै भन्दा पहिला ९० प्रतिशत चेतनामूलक चित्र छापेर अन्तराष्ट्रिय पुरस्कार थाप्न सफल भएको नेपालले कर लगाउँने विषयमा शिर निहुराउनु परेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपाल दक्षिण एसियाकै कम कर लगाउँने देश हो । नेपालमा ३३ प्रतिशत मात्रै कर लगाइएको छ । सबै भन्दा बढी बंगलादेशमा कर लगाइएको छ । त्यहाँ सुर्तीजन्य पदार्थमा ७१ प्रतिशत कर लगाइएको छ । माल्दिभ्समा ६९ प्रतिशत, श्रीलङ्कामा ६६ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, भारतमा ५४ प्रतिशत सुर्तीजन्य पदार्थमा कर लगाइएको छ ।

सरकारले कर बढाउन खोजेपनि सुर्ती उद्योगीहरूले यसलाई प्रभावित बनाउँदै आएका छन् । उनीहरूले ९० प्रतिशत चित्र अंकित पिक्चर नछापेको, सुर्ती खेतीगर्ने किसानहरूले सुर्ती उद्योगको उक्साहटमा मुद्दा हालेको अवस्था छ । यसलाई चिर्न पत्रकारहरूले गम्भिर अध्ययन गरेर कलम चलाउन आवश्यक भएको प्राध्यापक लम्सालले बताए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण नियमनमा भएका कानुनी प्रयास

नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण ऐन, कानून, कार्य – निर्देशिका र रणनीति सुर्तिजन्य पदार्थको उत्पादन ( नियन्त्रण र नियमन) ऐन, २०६८ सुर्तिजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन ) नियमावली, २०६८ सुर्तिजन्य पदार्थको उत्पादन ( नियन्त्रण र नियमन ) निर्देशिका, २०७१ सुर्तिजन्य बस्तुको बक्स, पाकेट, खोल, कार्टुन, पार्सल र प्याकेजिङमा चेतावनीका सन्देश र फोटो प्रिन्ट गर्ने र टाँस गर्ने सम्बन्धी निर्देशिका, २०६८ ( संसोधन सहित) “सुर्तिजन्य पदार्थ नियन्त्रण बिक्री वितरण गर्न गराउन नपाउने कसैले पनि १८ वर्ष नपुगेका व्यक्तिलाई बिक्री गर्न नपाउने गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन । आकर्षण हुने गरि बिक्री स्थलमा सजावट गर्न नपाउने निशुल्क वितरण वा उपहार दिन नपाउने व्यवस्था गरिएको छ ।

प्रकाशित : २१ असार २०८०, बिहीबार १२:५८