सेयर बजारमा २१.३२ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा २१.३२ अंकको गिरावट



काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज बजार २१.३२ अंकले घटेर परिसूचक २०७५.९७ बिन्दुमा रोकिएको हो ।

२७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्सको २३ करोड ९४ लाख ४५ हजार ७८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार आज अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ १२.५५, विकास बैंक ३२.९१, वित्त ९.७७, जलविद्युत ३२.८६, जीवन बिमा २३०.१८, उत्पादन तथा प्रशोधन ६२.५८, माइक्रोफाइनान्स ५१.५४, निर्जीबन बीमा ८६.५०, अन्य समूहको १७.५१ अंकले घटेको छ ।

बजार दोहोरो अंकले घट्दा सिवाईसी नेपाल लघुवित्त र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : 3 July, 2023 3:44 pm