ङादी ग्रुप पावर हकप्रद सेयर निष्कासन गर्ने तयारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ङादी ग्रुप पावर हकप्रद सेयर निष्कासन गर्ने तयारीमा



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको आइतबार (असार १७ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने भएकाे छ । हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पेस गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने पनि कम्पनीले निर्णय गरेको छ।

हाल कम्पनीको लमजुङको सिउरीखोला साना जलविद्युत आयोजना (४‍.९५ मेगावाट)बाट नियमित विद्युत उत्पादन तथा वितरण भइरहेको छ।

प्रकाशित : १८ असार २०८०, सोमबार १४:२५