धौलागिरी र खप्तड लघुवित्तले असार २० देखि एकीकृत कारोबार थाल्ने, सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी र खप्तड लघुवित्तले असार २० देखि एकीकृत कारोबार थाल्ने, सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई पत्र



काठमाडौं । धौलागिरी लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर कारोबार रोक्का हुने भएको छ । असार २० गतेदेखि एकीकृत कारोबार गर्न लागेका यी दुई लघुवित्तले असार १९ गते सेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेखेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै कम्पनीको गत चैत ६ गते सम्पन्न विशेष साधारण सभाले पनि मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जर पश्चात धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार १३:२३