भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा प्रिमियम वापत १६ थप गरी प्रतिकित्ता ११६ मा आईपीओ जारी गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० को १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री गर्न लागिएको हो ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ ९साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७० का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने सेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० बराबरको ८५ हजार ८१० कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गर्न लागिएको हो ।

सो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा छिटोमा साउन ७ गतेसम्म विक्रीमा रहनेछ । स्थानीयबाट सो अवधिसम्म माग बमोजिम ढिलोमा साउन २२ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार १२:३०