आज सेयर बजार बन्द रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज सेयर बजार बन्द रहने



काठमाडौं । सरकारले बकर इदको अवसरमा आज (असार १४ गते) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार नै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।

सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।

प्रकाशित : १४ असार २०८०, बिहीबार ११:३१