सेयर बजारमा चमक: बजार ५६.९४ अंकले बढ्दा, ५ अर्ब ४७ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा चमक: बजार ५६.९४ अंकले बढ्दा, ५ अर्ब ४७ करोडकाे काराेबार



काठमाडौं । सेयर बजार मंगलबार ५६.९४ अंकले बढेर परिसूचक २१८६.३६ बिन्दुमा रोकिएको छ । २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त विति्य संस्थाको भएको छ । यस कम्पनीको आज २५ करोड १२ लाख ३३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बजारमा उछाल आउँदा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ४८.२५, विकास बैंक ५३.७०, वित्त ८३, होटल ६०.३९, जलविद्युत ३९.७४, जीवन बीमा ९४.६८, माइक्रोफाइनान्स ३५३.७०, अन्य समूहको उपसूचक ३१.३० अंकले बढ्दा निर्जीबन बीमा समूहको उपसूचक १४.९७ अंकले घटेको छ ।

कारोबारमा २५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै १५ भन्दा बढी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । कारोबारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ ।

प्रकाशित : १२ असार २०८०, मंगलवार १५:५९