काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शर्मालाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो ।
१२ असार २०८०, मंगलवार ०७:५८
Comment