सिम्ता गाउँपालिकाको प्राथमिकतामा पुर्वाधार र फलफूल खेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिम्ता गाउँपालिकाको प्राथमिकतामा पुर्वाधार र फलफूल खेती



सुर्खेत । पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८ अर्ब १७ करोड ७० लाख ७० हजार ३५० रुपैंया विनियोजन गरेको छ ।

विनियोजित बजेटको चालु तर्फ रू. ३९ करोड ८९ लाख ४ हजार ३५० रुपैंया र पुँजीगततर्फ रु. १८ करोड १७ लाख ६६ हजार छुट्याइएको छ । गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् ।

सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् ।

सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड विनियोजन गर्दै विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रकाशित : ११ असार २०८०, सोमबार १२:४९