सेयर बजारमा उछाल, ६ अर्ब ४९ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा उछाल, ६ अर्ब ४९ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४.१० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २.९९ अंकले बढेको छ ।

आइतबार २७५ कम्पनीका १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी शिवम सिमेन्टको ४९ करोड ९० लाख ७३ हजारको सेयर किनबेच भएको छ ।

यस्तै, आज लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ, सामालिङ पावर कम्पनी, एनएमबी ५०, बीपीडब्लु लघुवित्त वित्तिय संस्था, सिटी होटल, शिवम सिमेन्टको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, आज शुभम् पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : १० असार २०८०, आईतवार १५:३३