नेपाल रिपब्लिक मिडियाको आईपिओ बाँडफाँड मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल रिपब्लिक मिडियाको आईपिओ बाँडफाँड मिति तय



काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले असार ११ गते सेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३।८४ गुणा बढीको आवेदन परेको छ । सिडीएससीका अनुसार कम्पनीको आईपिओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने छ । जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाउने छन् । बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कितातको दरले शेयर पाउने छन् । यी बाहेक अन्य आवेदक भने हात खाली हुने छन् । यद्यपि यो प्रारम्भिक तथ्यांक भएकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।

प्रकाशित : ८ असार २०८०, शुक्रबार १३:४१