अपि पावर कम्पनीले पायो हकप्रद बिक्री गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपि पावर कम्पनीले पायो हकप्रद बिक्री गर्ने अनुमति



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ असार २०८०, बिहीबार १२:१४