सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मुल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।

बुधबार पनि छापावाल सुनको मुल्य घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ७ असार २०८०, बिहीबार ११:१६