१४.०५ अंकले घट्यो बजार, तीन अर्ब ४९ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१४.०५ अंकले घट्यो बजार, तीन अर्ब ४९ करोडको कारोबार



काठमाडौं । सेयर बजार आज दाेहाेराे अंकले ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको २३ करोड ६ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

यस्तै, आज सिटी होटलको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ग्रिन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ६ असार २०८०, बुधबार १५:३०