घोराही सिमन्टको आइपीओ बिक्री सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घोराही सिमन्टको आइपीओ बिक्री सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित



काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओ बिक्री प्रक्रिया स्थगित गरेको छ । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको छ ।

यसअघि, घोराही सिमेन्टले पाएको इस्युअर रेटिङ नियम विपरीत भए–नभएको बारेमा केयर रेटिङ नेपाललाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न जेठ ३० गते पत्राचार गरिएको बोर्डले जनाएको छ ।

तर केयर रेटिङले स्पष्टीकरण पेश नगरी बिना कुनै आधार म्याद थप गरेकाले लगानीकर्ताको हितका लागि निष्कासन प्रक्रिया स्थगित गरिएको जानकारी गराएको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेपछि पनि म्याद थप गरेको थियो । सीडीएस एन्ड क्लियरिङले पनि घोराहीको आइपीओमा फर्जी आवेदन परेको भन्दै धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

प्रकाशित : ४ असार २०८०, सोमबार १७:०३