डिप्रोक्स लघुवित्तको एकिकृत कारोबार असार १ गतेदेखि, एक भएपछि बन्ने नयाँ कम्पनीको चुक्तापूँजी डेढ अर्ब माथी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिप्रोक्स लघुवित्तको एकिकृत कारोबार असार १ गतेदेखि, एक भएपछि बन्ने नयाँ कम्पनीको चुक्तापूँजी डेढ अर्ब माथी



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । दुबै कम्पनीले प्राप्ति प्रक्रिया पुरा गरी ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकिकृत कारोबार सुरू गर्न लागेका हुन् ।

गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए ।

प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन , भरतपुरमा रहने जानकारी समेत कम्पनीले दिएको छ । यी दुई कम्पनीलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

दुबै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका छन् । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । डिप्रोक्स लघुवित्तको हाल चुक्तापूँजी १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार र आदर्श लघुवित्तको हाल चुक्तापूँजी २ करोड ४८ लाख ४० हजार छ। समान हैसियतमा एक भएपछि बन्ने नयाँ कम्पनीको चुक्तापूँजी भने १ अर्ब ५५ करोड १० लाख ८८ हजार पुग्नेछ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलवार ११:२४