पिपुल्स पावर ४६ लाख ४८ हजार रुपैयाँ घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पिपुल्स पावर ४६ लाख ४८ हजार रुपैयाँ घाटामा



काठमाडौं । पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४६ लाख ४८ हजार रुपैयाँ घाटा व्यहोरेको छ । दोस्रो त्रैमासमा कम्पनीले ४१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेर १ करोड ७७ लाख रुपैयाँ भएको छ। अघिल्लो त्रैमासमा विद्युत बिक्रीबाट कम्पनीले १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको तेस्रो त्रैमासमा रिजर्भ १ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ। दोस्रो त्रैमासमा पनि कम्पनीको रिजर्भ १ करोड ४३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.७३ रुपैयाँले ऋणात्मक रहेको छ। सेयरको बजार मूल्य ३००.१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ रहेको छ।

प्रकाशित : १४ जेष्ठ २०८०, आईतवार ११:५३