आइएमई जनरल इन्सुरेन्सको नाफा ३.०४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल इन्सुरेन्सको नाफा ३.०४ प्रतिशतले बढ्यो



काठमाडौं । आइएमई जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३.०४ प्रतिशत धेरै हो ।

गत वर्ष यसैबेला कम्पनीले १६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि गत वर्षको भन्दा १३.०९ प्रतिशतले बढेर ५९ करोढ ६७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ५२ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।यस त्रैमाससम्म बिमा कोषमा ६३ करोड २२ लाख रुपैयाँ छ ।

गत वर्ष कम्पनीको बीमा कोषमा ५५ करोड ४५ लाख रुपैयाँ थियो । चैत मसान्त सम्ममा यसले २५ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष यसको खुद दाबी भुक्तानी २२ करोड १४ लाख रुपैयाँ थियो ।कुल दाबी भुक्तानी हुन बाँकी रकम ५९ करोड ७२ लाख रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको यसको जगेडा कोषमा २४ करोड ७१ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७५ पैसा रहेको छ । आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स एक आपसमा मर्ज भएका छन् । मर्जरपछि वैशाख २७ गतेदेखि आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार पनि सुरु हुन लागेको छ ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार १४:०८