एनएमबि क्यापिटलले पायो ‘एनएमबि सरल बचत फण्ड’ संचालनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि क्यापिटलले पायो ‘एनएमबि सरल बचत फण्ड’ संचालनको अनुमति



काठमाडाैं । एनएमबि क्यापिटलले सामुहिक बन्दमुखी लगानी कोष योजना निष्काशनको अनुमति पाएको छ।

क्यापिटलको ‘एनएमबि सरल बचत फण्ड’ नामकको खुलामुखी सामुहिक लगानी कोषलाई सर्वसाधारणमा इकाई निष्काशनको अनुमती दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

बोर्डका अनुसार बोर्डले यहि बैशाख १९ गते क्यापिटललाई अनुमती दिएको हो। क्यापिटलकाअनुसार योजना एक अर्ब रुपैयाँको हुनेछ। क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले सर्वसाधारणलाई इकाई बिक्रि गर्नेछ।

यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । चालु आर्थिक वर्षमा निष्कासन अनुमति पाएका १३ कम्पनीमध्ये चार खुलामुखी योजना छन्।

प्रकाशित : 3 May, 2023 4:08 pm