काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बुधबार दिउँसो क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकको संख्या १२ लाख ८१ हजार ४ सय २ कायम भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट बाडिएको आइपीओमा १ लाख ३३ हजार ७ सय ३० जनाले सेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् ।
आइपीओको नतिजा हेर्न सकिने बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट पनि हेर्न सकिने छ । कम्पनीले चैत्र १९ गतेदेखि चैत्र २२ गतेसम्म शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो ।





Comment