महिलाको आफ्नै नेतृत्व र सेयर लगानीमा सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महिलाको आफ्नै नेतृत्व र सेयर लगानीमा सहकारी



तेह्रथुम, १९ माघ । ह्वाकु गाविसका महिलाले आफ्नै नेतृत्व र सेयर लगानीमा ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ सञ्चालन गरेका छन् ।

ह्वाकुको नौवटै वडाका १० वटा आमा समूहमा आबद्ध १२५ महिलाले सेयर लगानी गरी सो सहकारी सञ्चालन गरेको अध्यक्ष बलमाया गुरुङले बताउनुभयो । सहकारीमा आबद्ध सेयर सदस्यले न्यूनतम १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन् ।

सुरुवातमा सहकारीको कुल पुँजी रु तीन लाख ३९ हजार रहेको सचिव मेनुका ओलीले जानकारी दिए । सहकारीले बचत, ऋण लगानी तथा असुलीको कारोबार समेत सुरु गरेको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सहकारी सञ्चालन गरेको ओलीको भनाइ छ । ‘देउराली सोसाइटी’ गैरसरकारी संस्थाले महिलालाई सहकारी संस्थातर्फ प्रवर्धन गरेको हो ।

प्रकाशित : १९ माघ २०७३, बुधबार ०८:२६