काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट फागुन १६ गते स्वीकृत भएपछि बीमितलाई दिइने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र सुनौलो सावधिक जीवन बीमा लेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।
यस्तै कम्पनीले नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा न्युनतम ३८ रुपैयाँ देखि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
Comment