सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी



काठमाडौं । १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

यी कम्पनीलाई कार्यालयले कालो सूचीमा राख्नु नपर्ने कारणसहित ३० दिनभित्र लिखित स्पष्टीकरण लेखी पठाउन सूचना जारी गरेपनि हालसम्म नआएपछि अनुगमन कार्यालयले पुन सूचना जारी गरेको छ । यसपछि पनि ७ दिनभित्रमा लिखित रुपमा आधारसहित प्रमाण पेस नभए यी कम्पनीलाई कालोसूचीमा राखिने जनाएको छ ।

सूचित गरिएका कम्पनीहरुमा अर्घाखाँचीको अहमद हुसेन कन्स्ट्रक्सन, दाङको गुप्ता निर्माण सेवा, झापाको ओम शान्ति निर्माण सेवा र गीताञ्जली/सिंह/खुसी जेभी (गीताञ्जली निर्माण सेवा, सिंह कन्स्ट्रक्सन प्रालि र खुसी निर्माण सेवा) छन् ।

त्यस्तै रौतहतको कमोद कन्स्ट्रक्सन प्रालि, गौतम ऋषि कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन, रुपन्देहीको सम्बुद्ध सप्लायर्स, बाराको चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, भक्तपुरको कार्की किचेन, सुनसरीको सर्जिकेम डिस्ट्रिब्युटर्स, जनकपुरको सुरज जेनरल अर्डर सप्लायर्स र सुनसरीको फेब नेपाल प्रालि छन् ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलवार १४:१२