काठमाडौं । ङादी ग्रुप पावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २५ गते अनामनगर स्थित युनियन हाउसमा साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै,कम्पनीले गरेका लगानीहरू स्वीकृत गर्ने, संचालकहरूको निर्वाचन गर्ने संस्थापक शेयरधनीहरूबाट ४ जना तथा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने लगाएतका विशेष प्रस्ताव रहेका छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्
Comment