काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।
केही दिनअघि ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग बार्गेन गरेको श्रब्य सामग्री सार्वजनिक भएको थियो । सार्वजनिक हुनुअघि त्यो श्रव्यसामाग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको थियो ।
ठाकुर विगत २ वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए । मन्त्रालयले यो विषयमा गम्भीर अनुसन्धान थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत सहयोग मागेको छ ।
Comment