काठमाडौं महानगरले हटायो मापदण्ड विपरीतका ९ हजार बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं महानगरले हटायो मापदण्ड विपरीतका ९ हजार बोर्ड



काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनाधिकृत परिचय पाटी हटाएको छ । महानगरले मापदण्ड पूरा गरे पनि शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो ।

महानगरले गत असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफै व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । तोकिएको समय सकिएपछि महानगर आफैले कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालेको थियो ।

प्रकाशित : १२ माघ २०७९, बिहीबार १६:३७