काठमाडौं । सर्वोच्च अदालतले होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सर्भिस चार्जका नाममा १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गरेको छ। सर्वोच्चले उक्त चार्ज माघ ११ गतेदेखि लागू हुने गरी अमान्य भन्दै खारेज गरिदिएको हो ।
सेवा शुल्क खारेजीको माग गर्दै २०७५ जेठ २३ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला सुनाएको हो ।
यसअघिसम्म विभिन्न होटल, रेस्टुरेन्ट तथा मुख्यतः पर्यटनसँग सम्बन्धित संघ र संस्थाले १० प्रतिशत सेवा शुल्क लिने गरेका थिए ।
Comment