नगद मार्जिन खारेजीले आर्थिक क्रियाकलाप बढाउने निकासी पैठारी संघको अपेक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नगद मार्जिन खारेजीले आर्थिक क्रियाकलाप बढाउने निकासी पैठारी संघको अपेक्षा



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने गरी १३ महिना अघि लागु गरेको नियम खारेज गरेकोमा नेपाल समुद्रपार निकासी पैठारी संघले स्वागत गरेको छ ।

१३ सय वस्तु आयातको लागि एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायको लागत बढाइ आर्थिक क्रियाकलाप नै खुम्चाई दिएको थियो ।

जसको परीणाम स्वरुप सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । नगद मार्जिन खारेजीले व्यवसायको लागत घटाउने र आर्थिक क्रियाकलाप बढाउने संघले अपेक्षा गरेको छ ।

त्यसैगरी, आयातको भुक्तानी टिटि, डिडि, डिएपी र डिएए जस्ता माध्यबाट समेत गर्न पाउने प्रावधानले व्यापार सहजीकरण तथा लागत कटौतीमा योगदान गर्ने संघका महासचिव अनिल कुमार अग्रवालले बताएका छन्।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार १६:१८