काठमाडौं । माछापुच्छ्रे बैंकले २४औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको हो । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८ / ७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ / ७९ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बोडफोड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
सभाले यस बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको आ.व. २०७८ /७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९ / ८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक एस।ए।आर। एशोसिएट्स, कम्पनी ऐन, २०६३ को दफा १११ (३०)तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा बमोजिम पुनः नियुक्ती हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
सभाले संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले साविक संचालकको बाकी कार्यकाल सम्मको लागि गरेको संचालकको नियुक्ती अनुमोदन गर्ने, संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गनेृछ ।
माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्गनको लागि मूल्याङ्गनकतां नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
Comment