नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, बैठकले कम्पनीको १५ औँ वार्षिक साधारणसभा आगामी पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभाले काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट हुनेछ।

सोही सभाले अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १३:३३