नेपाल वायुसेवा निगममा १३८ जनालाई जागिरको अवसर, कुन पदमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल वायुसेवा निगममा १३८ जनालाई जागिरको अवसर, कुन पदमा कति ?



काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका पदहरुमा १३८ जना नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

नियमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी छनोट गर्नेछ। निगमले लेखा सहायकदेखि वरिष्ठ प्राविधिक अधिकृतसम्म विभिन्न १४ पदमा दरखास्त खुलाएको छ।

इच्छुक उम्मेदवारले यही पुस २१ गतेसम्म अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुरी तिरी पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार १२:५८