पाँचथर पावर कम्पनीको बार्षिक साधारण सभा पुस १८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पाँचथर पावर कम्पनीको बार्षिक साधारण सभा पुस १८ गते



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस १८ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतका दरले ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 11 December, 2022 11:04 am