एनएमबि बैंकको ८.२५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनएमबि बैंकको ८.२५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसअनुसार बैंकले सेयरधनीहरुलाई १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार ११:३४