धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्जरमा जाने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्जरमा जाने सम्झौता



काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएका छन्। यी दुवै लघुवित्तबीच आइतबार बिहान मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।

यी दुवै लघुवित्त केही महिनाअघि सर्वसाधारणलाई आईपीओ बिक्री गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार थालेका छन्।

त्यस्तै मर्जर प्रयोजनका लागि दुवै लघुवित्तले नेप्सेमा पत्र पठाउँदै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेका छन्। अब नेप्सेको निर्णयबाट यी दुवै लघुवित्तको आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिनेछ भने अन्य सेयरधनीहरुको सेयर कारोबार भने सुचारु नै रहनेछ।

प्रकाशित : १८ मंसिर २०७९, आईतवार १२:१९