युनाइटेड इन्स्योरेन्सको सीईओ पौडेलको राजीनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड इन्स्योरेन्सको सीईओ पौडेलको राजीनामा स्वीकृत



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को सीईओबाट उपासना पौडेलले राजीनामा दिएकी छन्। पौडेलले कम्पनी सञ्चालक समिति समक्ष राजीनामा पेस गरेकी हुन्।

कम्पनी सञ्चालकको बैठकले पनि पौडेलले पेस गरेको राजीनामा भोलि कात्तिक २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।

यसैबीच सञ्चालक समितिले कम्पनीका महाप्रबन्धक नवीन सुवेदीलाई निमित्त सीईओ भई कार्य गर्न तोक्ने निर्णय पनि गरेको छ।

प्रकाशित : 13 November, 2022 5:46 pm